सांसद खतिवडाकाे प्रश्न- पार्टीको सदस्यता नवीकरण गर्ने पूर्वराष्ट्रपतिले राज्यकाे सुविधा लिन मिल्छ कि मिल्दैन?

Break n Links
Break n Links

नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किएको विषय संसदमा उठाएका छन्।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद खतिवडाले पूर्वराष्ट्रपति भण्डारीले एमालेको सदस्यता नवीकरण गरेको भन्दै उनले राज्यबाट पाउने सुविधाबारे सरकारसँग जवाफ माग गरेका छन्।

‘पूर्वराष्ट्रपतिले एउटा कुनै पार्टीको सदस्यता नवीकरण गरेको समाचार सुन्नमा आयो। पार्टीको सदस्य नवीकरण गरेको हो भने पूर्वराष्ट्रपतिका हैसियतमा सुविधा लिन मिल्छ/मिल्दैन? राज्यले त्योबारे के सोचेको छ, सरकारले त्यसकाे जवाफ दिओस्। संविधानमा के व्यवस्था छ, त्याे सरकारले जवाफ दिओस्', उनले भने।

पूर्वराष्ट्रपति भण्डारीले नेकपा एमालेको सदस्यता नवीकरण गरेको चर्चा केही दिनयता सामाजिक सञ्जाल र मिडियामा चलिरहेको अवस्थामा सांसद खतिवडाले संसदमा प्रश्न उठाएका हुन्। 

प्रकाशित मिति: : 2024-06-19 13:40:00

प्रतिकृया दिनुहोस्