...जब धड्कियो मौनी रायको ‘मुटु’

तस्बिर–सामाजिक सञ्जाल
तस्बिर–सामाजिक सञ्जाल

फिल्ममा देखाइएजस्तै पहिलो भेटमै प्रेम बस्नु सम्भव छ? तर त्यो उखानलाई बालिउडकी अभिनेत्री मौनी रायले सम्भव बनाएकी छिन्। उनले पहिलो नजरमै सुरज नाम्बियालाई प्रेम गर्न थालेकी थिइन्। तर उनीहरूको पहिलो भेट कहाँ भएको थियो?

खासमा, सन् २०१९ सालमा सुरज र मौनीको पहिलो भेट मुम्बईमा भएको थियो। त्योबेला पहिला नजरमै मौनीले सुरजलाई मनपराइसकेकी थिइन्। सुरुवाती दिनहरूमा उनीहरूले उकअर्कोलाई चिन्न थाले र, पछि आफ्नो प्रेम सम्बन्धलाई विवाहमा परिवर्तन गरे।

लुकीछुपी भेट

एकखर्कोलाई चिन्न थालेपछि उनीहरू प्रेम सम्बन्धमा रहे। त्यसपछि उनीहरू प्रेमको चर्चा चुलिदैं गयो। कसैबाट लुकाउन सकेनन् उनीहरूले आफ्नो प्रेम।

जब पहिलो पटक मौनी र सुरजको एकसाथमा फोटो सार्वजनिक भएको थियो तब उनीहरूबारे नानाथरी कुरा चल्न थाल्यो। उनीहरूको तस्बिर भाइरल नै भयो। जसमा मौनीले सुरजका आमाबुवालाई आमा–बुवा भनेर बोलाउँदै उनीहरूसँग पार्टी गर्दै थिइन्। 

यी सबै कुराका कारण मौनी र सुरज रिलेसनसिपमा रहेको अड्कलबाजी सुरु भएको थियो। सन् २०२१ मा मौनीले एक पोस्टमार्फत आफ्नो सम्बन्धलाई अफिसियल गरेकी थिइन्। त्यसपछि दुवैले एकसाथ आफ्नो तस्विर सेयर गर्न थाले।

000

मौनीका श्रीमान् सुरजको कुरा गर्ने हो भने उनी पेशाले बैंकर हुनुका साथै सफल व्यवसायी पनि हुन्। सुरज नाम्बियारको जन्म बेंगलुरुको एक जैन परिवारमा भएको थियो।

उनले बेंगलुरुको आरडी इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङ गरे। 

सुरजले स्ट्यानफोर्ड विश्वविद्यालयबाट इन्भेष्टमेन्ट साइन्स र इन्टरनेशनल म्यानेजमेन्ट पढेका छन्। 

मौनीसँगको आफ्नो सम्बन्धबारे उनले भनेका थिए, ‘उनी निकै सुन्दर देखिएकी थिइन। उनको एक साथीले मलाई उनीसँग कुराकानी गर्न मद्दत गर्नुभयो। त्यसपछि हामीले एकअर्काको फोन नम्बर लियौं र हाम्रो कुराकानी सुरु भएको थियो’

000

सुरज नाम्बियारले मौनीलाई प्रपोज केही फरक अन्दाजमा गरेका थिए। उनले भनेका थिए, ‘हामीले कुरा गर्न थाल्यौं, लामो समयसम्म एक अर्कालाई डेट गर्यौं। एक दिन, जब मौनी, म र केही साथीहरू छुट्टीमा गएका थियौं, हामीले उनको लागि सानो सरप्राइजको योजना बनायौं। मैले उनलाई प्रपोज गर्छु भन्ने उनलाई थाहा थिएन, तर मैले उनको मनपर्ने गीत पृष्ठभूमिमा बजाउने व्यवस्था गरेँ र पृष्ठभूमिमा सुन्दर सूर्यास्तको साथ, मैले उनलाई प्रस्ताव गरें।’

सुरजको प्रजोजको कारण मौनी निकै खुसी भएकी थिइन्। त्यसपछि उनले पनि सुरजको प्रपोजल स्वीकारेकी थिइन्।

मौनी राय र सुरज नाम्बियारले २७ जनवरी २०२२ मा विवाह गरेका थिए।र, अहिले उनी आफ्नो वैवाहिक जीवनमा खुसी छिन्। 

प्रकाशित मिति: : 2024-06-13 19:00:00

प्रतिकृया दिनुहोस्