बिएल संवाददाता
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन्।
गण्डकी प्रदेशसभाको साेमबारकाे बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मतसम्बन्धी राखेको प्रस्ताव सभाको बहुमतले पारित गरेको हो।
मुख्यमन्त्री पाण्डेले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ३१ मत परेको थियाे भने प्रस्तावको विपक्षमा २८ मत परेको थियाे।
प्रस्तावको पक्षमा नेपाली कांग्रेसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई, स्वतन्त्र प्रदेशसभा सदस्य एक र प्रदेशसभा सदस्य फणीन्द्र देवकोटाको मत परेको थियो भने विपक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का २२ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का छ प्रदेशसभा सदस्यको मत परेको थियो।
विश्वासको पक्षमा मतदान गरेका देबकोटा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको प्रदेशसभा सदस्य छन्। उनी गत प्रदेशसभा सदस्यको निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचित भएका थिए।
यही जेठ १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता पाण्डेले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिएका हुन्।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया