समाज कल्याण परिषदमा बेथितिको चाङ – उजुरीको छैन अभिलेख, हुँदैन कुनै कारबाही

भृकुटीमण्डपको जग्गा भाडा सम्झौतामा झेल, ८ महिनादेखि नयाँ ठेक्का नलाग्दा सवा करोड घाटा

लोकान्तर

काठमाडौं

समाज कल्याण परिषदले मासिक १६ लाख आम्दानी गर्दै आएको काठमाडौंको भृकुटीमण्डपस्थित बाल उद्यान फन पार्कको २५ रोपनी जग्गा विगत १ वर्षदेखि ठेक्कामा लगाउन सकेको छैन । 

२०७९ असारमा ५ वर्षका लागि अमात्य इन्टरप्राइज इन्टरनेसनल सप्लायर्सलाई दिएको ठेक्का १ वर्ष ३ महिनामै रद्द गरिएको थियो ।

८ लाख रुपैयाँ बेस प्राइस निर्धारण गरेर ई-बिडिङमार्फत जग्गा लिज भाडामा दिनका लागि ठेक्का आह्वान गर्दा कुल ११ वटा फर्मले प्रस्ताव पेश गरेका थिए ।

सबैभन्दा बढी १६ लाख रुपैयाँ मासिक भाडा दिने भनेर प्रस्ताव गरेका कृष्णगोपाल अमात्य सञ्चालक रहेको उक्त फर्मले ठेक्का पाएको थियो । '१ वर्ष ३ महिनासम्म उक्त फर्मले परिषदलाई भाडा दियो र त्यसपछि तीन महिनासम्म भने दिएन, 'परिषदको सामान्य प्रशासन विभागका कामु निर्देशक दुर्गाप्रसाद भट्टराईले लोकान्तरसँग भने, 'त्यसपछि बैंक धरौटी जफत गरी ठेक्का रद्द गर्ने भनेर पत्राचार गर्‍यौं ।' 

प्रकाशित मिति: : 2024-06-10 11:38:00

प्रतिकृया दिनुहोस्