कस्ताे होला आजकाे माैसम?

फाइल तस्बिर
फाइल तस्बिर

हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। 

कोशी प्रदेशको थोरै  स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार तराईका भू-भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहने छ। तातो हावा तथा तातो लहरको सम्भावना रहेको महाशाखाको भनाई छ।

प्रकाशित मिति: : 2024-06-10 06:34:00

प्रतिकृया दिनुहोस्