बिएल संवाददाता
कर्णाली नदीमाथि बनाइएको झोलुङ्गे पुलका लठ्ठा चुँडिदा पुलमाथि अड्किएका १२ वटा खच्चरमध्ये २ वटा नदीमा खसेका छन्। यो समाचार तयार पर्दा (१२:30)सम्म नदीमा खसेका २ वटा खच्चरमध्ये एउटा सुरक्षित ठाउँमा उत्रिएको छ।
अर्को खच्चर भने नदीमाथि खसेको र जसको उद्धार भइरहेको अछामको पञ्चदेवल नगरपालिका ९ का वडाध्यक्ष राजप्रसाद जैसीले बिएल नेपाली सेवालाई जानकारी दिए।
बाँकी १० वटा खच्चरलाई भने नदीमा खसालिने तयारी भइरहेको छ। अहिले जाली काट्ने काम भइरहेको छ। नदीमा खसालीएका खच्चरको कसरी उद्धार भइरहेकाे भन्ने प्रश्नमा वडाध्यक्ष जैसीले भने– ‘नदी छेउका पानीमा तैरिएर उत्रिन्छन्। ३–४ वटा भने नदीको खोचमा पर्ने देखिन्छ। ती मर्छन् होला सायद!’
उनले खच्चरको उद्धार नदीमा खसाल्ने बाहेक अर्को विकल्प नभएको बताए। ‘कि त हेलिकप्टर लिएर उद्धार गर्ने हो। नत्र नदीमै खसाल्ने बाहेक अर्को उपाय छैन।’
दैलेखबाट अछाममा भारी लिन आएका खच्चर पुलमाथि हुँदा पुलको तल्लो भागमा रहेको दुई वटै लठ्ठा चुडिएपछि खच्चर पुलमाथि फसेका हुन्। पुलले दैलेखको आठबीस नगरपालिका–४ र अछामको पञ्चदेवल नगरपालिका–९ जोड्छ।
वडाध्यक्ष जैसीकाअनुसार पुल २०६२/६३ तिर बनेको हो। पुल बन्दा नै कमजोर रहेको उनले बताए। अहिले पुलका लठ्ठा खियाले खाएको हुँदा चुडिएको हो।
यद्यपि यसअघिका हरेक दिनमा यस पुलबाट १२–१५ वटा खच्चरले भारी बाेकेर वारपार गर्ने गरेका थिए।
रमा हत्या प्रकरण : मुख्य आरोपी भारतीय नागरिक पक्राउ, प्रहरीले सार्वजनिक गर्यो घटना विवरण
घरायसी विवादमा श्रीमतीको हत्या गर्ने ‘नेपाली ब्रो’ भन्ने कुमार थापा पक्राउ
२१ वर्षीया रमा तिवारी हत्या प्रकरण: यौन सम्पर्कपछि पैसाको विवाद हुँदा हत्या, भारतीय नागरिक पक्राउ
प्रेममा धाेका पाएँ, न्यायकाे पर्खाइमा छु– जमुना खत्री
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया