विराटनगरमा आन्दोलनरत विद्यार्थीले सरकारी गाडीमा आगजनी गरेका छन्।
आइतबार महेन्द्र मोरङ बहुमुखी क्याम्पसका विद्यार्थीहरूले को–१ झ ६४४ नम्बरको कोसी प्रदेश योजना आयोगको स्कारपियो गाडीमा आगजनी गरेका हुन्।
मोरङको रंगेली नगरपालिकामा तोडफोड र नगर प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले शुक्रबार ६ जना विद्यार्थीलाई पक्राउ गरेको थियो। साेही विरोधमा आन्दोलनरत विद्यार्थीले आयोगको गाडीमा ढुंगामुढुा गरी आगजनी गरेका हुन्।
पक्राउ परेका सबै जनाकाे रिहाइकाे माग गर्दै विद्यार्थीहरू शुक्रबारदेखि आन्दोलनरत छन्।