सहकारी प्रकरण: संसदीय छानबिन समितिको पहिलो बैठक बानेश्वरमा

Break n Links
Break n Links

सहकारीकाे बचत रकम दुरुपयोग सम्बन्धमा छानबिनका लागि बनेकाे संसदीय छानबिन विशेष समितिको पहिलो बैठक सुरू भएको छ।

सभामुख देवराज घिमिरेको उपस्थितिमा संसद भवन बानेश्वरस्थित शंकर हलमा बैठक केहीबरेअघि सुरू भएकाे हाे।

सहकारी ठगी प्रकरणमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय छानबिनको माग गर्दै संसद अवरोध गरेपछि यही जेठ १५ गते एमालेका सांसद सूर्य थापाको संयोजकत्वमा संसदीय छानबिन समिति गठन भएको थियो।

७ सदस्यीय समितिमा एमालेबाट सरिता भुसाल, कांग्रेसबाट सांसदहरु ईश्वरी देवी न्यौपाने र बद्रीप्रसाद पाण्डे, माओवादीबाट लेखनाथ दाहाल, रास्वपबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान सदस्य रहेका छन्।

समितिलाई तीन महिनाको समय दिएर ४ बुँदे कार्यादेश दिइएको छ।

प्रकाशित मिति: : 2024-06-05 14:49:00

प्रतिकृया दिनुहोस्