मधेस सरकारबाट बाहिरियो एकीकृत सामाजवादी, दुई मन्त्रीले दिए राजीनामा

File Photo
File Photo

नेकपा (एकीकृत समाजवादी) पार्टी मधेस प्रदेश सरकारबाट बाहिरिएको छ।

एकीकृत समाजवादीबाट मधेस सरकारमा सहभागी दुई मन्त्रीले मंगलबार मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका हुन्।

राजीनामा दिनेमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपाने र श्रम तथा यातायातमन्त्री बेची लुंगेली रहेका छन्।

मधेसमा जसपा नेपालको सरकार ढालेर जनमतको नेतृत्वमा नयाँ सरकार बनाउन एमाले र माओवादी केन्द्रले यसअघि नै सहमति गरिसकेका छन्।

मधेसमा एमालेसहितको नयाँ गठबन्धनको सरकार बनाउन एकीकृत समाजवादी वा लोसपामध्ये एक दलको समर्थन अनिवार्य चाहिन्छ।

१०७ सदस्यीय प्रदेशसभामा सरकार बनाउन ५४ जना सांसदको समर्थन आवश्यक छ। जसमा एमालेका सभामुखसहित २५, माओवादीको ९, जनमत पार्टीको १३ र एकीकृत समाजवादीका ७ जना सांसद रहेका छन्। 

प्रकाशित मिति: : 2024-06-04 18:51:00

प्रतिकृया दिनुहोस्