सरकारले काठमाडौँको गोदावरी, तारकेश्वर, ललितपुर, चाँगुनारायण, नागार्जुन र भक्तपुरमा जग्गा विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ।
बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले काठमाडौँको उत्तर पूर्वमा नयाँ नगर निर्माण तथा सुर्खेतको भेरीगंगामा पहाडी क्षेत्रको आधुनिक सहर बनाउने घोषणा गरे।
काठमाडौँ र अन्य सम्भावित सहरहरूमा विपद प्रतिरोधी ५० हजार आवास इकाइ विकास गरिने पनि उनले बताए।
त्यस्तै काठमाडौँको नख्खु करिडोर र धोबीखोला करिडोरको विकास तथा विस्तारलाई निरन्तरता दिने पनि उनले घोषणा गरे।