शैक्षिक भ्रमणका लागि रारा ताल गएको जिप दुर्घटना, ११ विद्यार्थी घाइते

फाइल तस्बिर
फाइल तस्बिर

शैक्षिक भ्रमणका लागि रारा तालतर्फ गइरहेको जीप मुगुमा दुर्घटना भएकाे छ। 

बाजुराबाट रारा ताल गइरहेकाे ग १ ज ८२४९ नम्बरको जीप मुगुको खत्याड गाउँपालिका-२ को शेरीजामा दुर्घटना हुँदा ११ जना विद्यार्थी घाइते भएका हुन्। 

जीपमा सवार सबै घाइते विद्यार्थीहरूलाई उपचारका लागि रातापानी प्राथमिक स्वास्थ चौकी लगिएको छ। घाइते हुनेमा जनप्रकाश माध्यमिक विद्यालयका विद्यार्थी रहेका छन्। 

 

प्रकाशित मिति: : 2024-05-23 15:30:00

प्रतिकृया दिनुहोस्