संसदमा कांग्रेसकाे अवराेध, बैठक स्थगित

प्रतिनिधिसभाकाे आजकाे बैठकमा पनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नाराबाजी गरेकाे छ।

बैठक सुरु भएलगत्तै कांग्रेस सांसदहरुले आ-आफ्नो स्थानबाट उठेर नाराबाजी गरेका हुन्। सांसदहरूले आसनबाट उभिएर विरोध जनाउनुका साथै बेल घेराउ गरेका छन्।

कांग्रेसकाे अवराेधका कारण बैठक स्थगित भएकाे छ। अर्काे बैठक ११ गते शुक्रबार बिहान ११ बजे बस्ने छ।

कांग्रेसले सहकारीको रकम हिनामिना भएको विषयलाई लिएर संसदीय छानबिन समिति गठनको माग गर्दै बैठक अवरोध गर्दै आएको छ।

प्रकाशित मिति: : 2024-05-21 13:18:00

प्रतिकृया दिनुहोस्