काँग्रेसले चर्काे मूल्य चुकाउनुपर्ने प्रचण्डको चेतावनी (भिडियाे)

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मागेको विश्वासको मतमा उठेको प्रश्नको जवाफ दिँदै काँग्रेसले चर्को मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।

विश्वासको मत लिने समयमा काँग्रेसले संसद अवरुद्ध गरेको भन्दै रिसाएका प्रचण्डले चर्को मूल्य चुकाउनुपर्ने काँग्रेसलाई चेतावनी दिएका हुन्।

‘जुन प्रधानमन्त्रीले तपाईहरुलाईं पटक–पटक साथ दियो। यो पटक पनि तपाईंहरुलाई संवादमा ल्याउन पटक पटक प्रयास गरेको छ’, उनले भने, ‘संविधानअनुसार विश्वासको मत लिन नदिएर तपाईंहरुले इतिहासमा एउटा नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो। म त्यसको निम्ति गहिरो दुःख व्यक्त गर्न चाहन्छु। यो नेपाली काँग्रेसका लागि चर्को पर्नेछ।’

उनले विश्वासको मत माग्ने समयमा काँग्रेसले गरेको संसद अवरोध नेपालको इतिहासमा कलङ्कको रुपमा राम्रैसँग स्थापित हुने बताए। 

हाल काँग्रेसले संसद अवरुद्ध गरिरहेको छ। 

प्रकाशित मिति: : 2024-05-20 12:45:00

प्रतिकृया दिनुहोस्