दाैडिएर राेष्टममा पुगे प्रधानमन्त्री, काँग्रेसकाे नाराबाजीबीच सम्बाेधन (भिडियाे)

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको आजको दाेस्राे बैठकमा पनि नाराबाजी गरेकाे छ। 

प्रतिनिधिसभाको दाेस्राे बैठक सुरु भएलगत्तै कांग्रेस सांसदहरु आ-आफ्नो स्थानबाट उठेर नाराबाजी गरिरहेका छन्।

सांसदहरूले आसनबाट उभिएर विरोध जनाउनुका साथै बेल घेराउ र नाराबाजी गरिरहेका छन्।

कांग्रेसकाे नाराबाजीका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बाेधन गरेका छन्। प्रतिपक्षीले नाराबाजी गरिरहँदा सभामुखले समय दिएपछि प्रधानमन्त्री प्रचण्डले सम्बाेधन गरेका हुन्।

कांग्रेसले सहकारीको रकम अपचनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठनको माग गरेर संसद् बैठकअवरुद्ध गर्दै आएको छ। 

प्रकाशित मिति: : 2024-05-20 12:19:00

प्रतिकृया दिनुहोस्