संसद बैठक ४ बजेका लागि सर्‍यो

File Photo
File Photo

 प्रतिनिधिसभाको आजको बैठक निर्धारित समयभन्दा केही पछि बस्ने भएको छ।

बिहीबार बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसाे ४ बजे बस्ने गरी समय निर्धारण गरिएको सभामुखको सचिवालयले जानकारी दिएको छ।

सभामुखले कार्यव्यवस्था परामर्श समिति बैठकमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग संसद्को गतिरोध अन्त्यको लागि गरेको छलफल पछि बिहानको ११ बजे बोलाइएको बैठक अपराह्न ४ बजे सार्ने निर्णय भएको हो।

नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी ठगी आरोपबारे छानबिन समिति बनाउनुपर्ने माग राख्दै संसद अवरुद्ध पार्दै आएको छ। 

प्रकाशित मिति: : 2024-05-16 12:28:00

प्रतिकृया दिनुहोस्