सरकारले ल्यायो ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर’ कार्यक्रम  

सरकारले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम ल्याएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यसको जानकारी दिएका हुन्।

‘महिलालाई आर्थिक रूपमा सक्षम, सबल र सशक्त बनाउन प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम सञ्चालन गरिनेछ,’ राष्ट्रपति पौडेलले भने।

प्रकाशित मिति: : 2024-05-14 16:44:00

प्रतिकृया दिनुहोस्