नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ

Symbolic photo
Symbolic photo

वीरगञ्जमा नबिल बैंक चोरी प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले एक भारतीय नागरिकसहित चार जनालाई पक्राउ गरेको छ।

सोमबार बिहान वीरगञ्जको नबिल बैंक बाइपास शाखाबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएको थियो। उक्त घटनाको छानबिनको क्रममा प्रहरीले १ भारतीय नागरिकसहित ४ जनालाई नियन्त्रणमा लिई सोधपुछ तथा अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएकाे छ।

पक्राउ पर्नेमा रौतहटका सञ्जय जयसवाल, छोटेलाल जयसवाल, भारत बिहार घोडासनका मन्टु पासवान र अर्को एक व्यक्ति रहेका छन्। अर्का एक जनाको परिचय भने खुलेको छैन।

उनीहरुलाई विभिन्न स्थानबाट मंगलबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक कुमारविक्रम थापाले बताए।

प्रकाशित मिति: : 2024-05-01 14:36:00

प्रतिकृया दिनुहोस्