ललितपुरमा डढेलो निभाउने क्रममा घाइते भएका रमेशकाे मृत्यु

ललितपुरको गोदावरी नगरपालिका-४ बडिखेल जंगलमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका थप एक जनाको मृत्यु भएको छ।

गोदावरी–४ घर भएका ५० वर्षीय रमेश पहरीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले बताएका छन्।

मङ्गलबार डढेलोमा परेर घाइते भएका पहरीई उपचारका लागि कीर्तिपुर स्थित बर्न अस्पतालमा राखिएको थियो। सो जङ्गलमा आगो निभाउन गएका ३५ वर्षीय शङ्कर पहरीको मङ्गलबार मृत्यु भएको थियो।

ललितपुरको तपेश्वर, लेले र आनन्दवन सहित ११ ठाउँमा डढेलो लागिरहेको छ। डढेलो अझै नियन्त्रणमा नआएको एसपी सुवेदीले बताएका छन्।

प्रकाशित मिति: : 2024-05-01 09:05:00

प्रतिकृया दिनुहोस्