घट्यो सुन-चाँदीको मूल्य, ताेलामा कति?

नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ सयले घटेर १ लाख ३५ हजार ८०० मा कारोबार भइरहेको छ।

त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि बुधबार छापावाल सुन तोलाको एक लाख ३६ हजारमा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३५ हजार ३५० मा कारोबार भएको थियो।

त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १६ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार चाँदी तोलाको १६ सय ७० मा कारोबार भएको थियो।

प्रकाशित मिति: : 2024-04-25 12:04:00

प्रतिकृया दिनुहोस्