स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम

रोजगारीको खोजीमा युवा जमात बिदेसिने क्रम बढिरहेका बेला पोखरा महानगरपालिका १३ नम्बर वडा कार्यालयले युवा लक्षित तालिम सञ्चालन गरेको छ।

‘सीप सिकौँ, दक्ष बनौँ’ नाराका साथ वडाले कटाई सिलाई तालिम,  ब्युटी पार्लर र लोक सेवा आयोगको अनलाइन तयारी कक्षा निःशुल्क सञ्चालन गरेको वडाध्यक्ष किरण बरालले जानकारी दिए।

बेरोजगार युवालाई सीपमूलक तालिम दिएर स्वरोजगार बनाउने उद्देश्य तालिम सञ्चालन गरिएको उनले बताए।

तालिममा  ४५ जना युवायुवती सहभागी छन्। सिलाई कटाई तालिम तीन महिना, ब्युटी पार्लरसम्बन्धी तालिम एक महिना र  लोक सेवा आयोगको तयारी कक्षा दुई महिनासम्म सञ्चालन हुनेछ।

प्रकाशित मिति: : 2024-04-24 07:14:00

प्रतिकृया दिनुहोस्