केजरीवाललाई जेलभित्रै मार्न चाहन्छन् मोदी?

File Photo
File Photo

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी इतर संगठित ‘भारत गठबन्धन’ले लोकसभा निर्वाचन दोस्रो चरणको मतदानअघि राँचीमा भव्य र्‍याली गरेको छ।

उक्त र्‍यालीमा गठबन्धनका शीर्ष नेताहरूले सम्बोधन गर्दै सरकारको चर्को आलोचना गरेका छन्।

हाल तिहाड जेल रहेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालकी पत्नी सुनिता केजरीवालले पनि सभालाई सम्बोधन गरेकी छन्।

मतदातालाई सम्बोधन गर्दै उनले भारतीय जनता पार्टी नेतृत्वको केन्द्र सरकारमाथि गम्भीर आरोप लगाएकी छिन्।

मोदी मोदी र भाजपाले आफ्ना श्रीमान केजरीवालको जेलभित्रै हत्या गर्ने षड्यन्त्र रचेको सुनिताले दाबी गरेकी छिन्।

‘केन्द्र सरकारले अरविन्द केजरीवाललाई मार्न चाहन्छ। म आज प्रधानमन्त्री र सरकारलाई सोध्न चाहन्छु कि मेरो श्रीमानले के गल्ती गर्नुभयो?,’ उनले भनिन्, ‘उहाँलाई औषधि किन दिइएन। उहाँलाई के आरोपमा जेल पठाइएको हो?’

प्रकाशित मिति: : 2024-04-21 18:56:00

प्रतिकृया दिनुहोस्