चामलको बोराभित्र राखेर लागुऔषध ओसारपसार गर्ने २ जना पक्राउ

काठमाडौँ भित्रँदै गरेको चामलको बोराभित्र लागुऔषध भेटिएपछि दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा सप्तरीको खडन नगरपालिका–११ बस्ने ४७ वर्षीय राम लोचन मुखिया र सप्तरीकै बरहथवा नगरपालिका–११ घर भइ काठमाडौँ बस्ने वर्ष ४७ कै कमल अधिकारी रहेका छन्। 

प्रहरीले दुई वटा चामलको बोराभित्रबाट एम्पुल नामको आगुऔषध ट्याबलेट २ हजार ४ सय ७८ र नाइट्रोभेट ३ हजार ३ सय ८ ट्याबलेट बरामद गरेको छ।

उक्त लागुऔषध रामलोचनले काठमाडौँ भित्र्याउन थालेका थिए। रामचोलनले भित्र्याएको लागुऔषध अधिकारीले बिक्रीविरतण गर्ने गरेकाले उनलाई पनि पक्राउ गरिएको आगुऔषध नियन्त्रण ब्यूराे काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

उक्त लागुऔषध यही शुक्रबार वैशाख ६ गते थानकोट चेकपेष्टमा प्रहरीले चेकजाँच गर्दा फेला परेको थियो।

प्रकाशित मिति: : 2024-04-21 13:55:00

प्रतिकृया दिनुहोस्