सुप्रिम सहकारी प्रकरण: दीपेश पुनसहित ६ जनालाई धरौटीमा छाड्न आदेश, अध्यक्ष गुरुङ थुनामा

File Photo
File Photo

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसहित ६ जनालाई धरौटीमा छाड्ने आदेश दिएको छ।

शुक्रबार न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीको इजलासले पुनसहित ६ जनालाई धरौटीमा छाड्ने आदेश दिएको हाे।

यस्तै अदालतले सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई भने थुनामा पठाउने आदेश दिएको छ।

दीपेश पुनसँग ४ लाख रुपैयाँ धरौटी माग गरिएकाे छ। त्यसैगरी दुर्गा चापागाईं पाण्डेसँग १८ लाख, नवीन अछामीसँग १० लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, नीता थापा मगर र रोशनी गुरुङसँग २-२ लाख धरौटी माग गरिएको छ।

प्रकाशित मिति: : 2024-04-19 15:22:00

प्रतिकृया दिनुहोस्