बिएल संवाददाता
चन्द्रागिरि नगरपालिकाको ऐतिहासिक, धार्मिक एवं सांस्कृतिकस्थल संरक्षणमा अतुलनीय योगदान दिएबापत प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल सम्मानित भएका छन्।
चन्द्रागिरि–२ कोइरालाथोकमा जारी ऐतिहासिक (चण्डिका देवी) श्रीमद्देवी भागत ज्ञान विराट ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवमा उनी सम्मानित भएका हुन्।
महोत्सव मूल समारोह समितिका संयोजक राजेन्द्र कोइराला, उपसंयोजक मधुकर बस्नेत तथा महायज्ञको मूल वाचक पण्डित विजय सिग्देलले प्रमुख प्रशासकीय अधिकृत अर्याललाई दोसल्ला ओढाइ सम्मान गरेका हुन्।
सो अवसरमा सम्मानित व्यक्तित्व अर्यालले धर्म र कर्मको संयोजनबाट नै सुसभ्य समाज निर्माण हुने बताए। चण्डिका देवी मन्दिर निर्माण तथा सो क्षेत्रको धार्मिक विकास गर्न कोष स्थापना गर्ने ध्येयले सो महायज्ञ लगाइएको संयोजक कोइरालाले जानकारी दिए।
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया