पथरी हत्या प्रकरण: पक्राउ परेका व्यक्तिलाई प्रहरीले गर्‍याे सार्वजनिक

मोरङको पथरीशनिश्चरे- ७ लामा टोलीस्थित शौचालय गएकी १५ वर्षीया ज्ञानमति थुलुङ राईको हत्या आरोपमा पक्राउ परेका एक जना अभियुक्तलाई प्रहरीले सार्वजानिक गरेको छ।

राईको हत्या आरोपमा प्रहरीले बाराको जितपुर सिमरा उपमहानगरपालिका घर भई मोरङ ग्रामथान गाउँपालिका बस्ने ३८ वर्षीय धीरेनकुमार खाँ चौधरीलाई पक्राउ गरी मंगबलार सार्वजानिक  गरेको हो।

हत्यापछि फरार बनेका उनलाई बेलबारीस्थित भाउन्नेको जंगलबाट सोमबार राति २ बजे पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए। हत्या आरोपमा पक्राउ परेका चौधरी र राई ढेड वर्षदेखि माया प्रेममा रहेको प्रहरीले जनाएको छ।

किशोरीको परिवारले चौधरीसँग विवाह नगरिदिने बुझेपछि हत्या गरेको प्रराम्भिक चरणको अनुसन्धानबाट खुलेको एसपी कार्कीले बताए। चौधरी विवाहित हुन्। उनकी श्रीमती चार वर्षदेखि वैदेशिक रोजगारमा रहेका छन्। श्रीमतिसँग राम्रो सम्बन्ध नभएपछि सामाजिक संजालमाफर्त किशोरीसँग चिनजान र नजिकिएको अनुसन्धानबाट खुलेको एसपी कार्कीले बताए। पक्राउ परेका चौधरीको १४ वर्षको छोरा रहेको छ।

उनले घटनामा आफ्नो संलग्नता स्वीकार गरिसकेको प्रहरीले जनाएको छ। खोटाङको ऐँसेलुखर्क गाउँपालिका– ६ सल्ले घर भएकी १५ वर्षीया ज्ञानमति थुलुङ राईको सोमबार राति निर्मम तरिकाले हत्या गरिएको थियो। ज्ञानमति पथरीशनिश्चरे नगरपालिका– ७ लामा टोलीस्थित दाजु मामाको छोरा विनोद राईको घरमा २ वर्षदेखि बस्दै आएको खुलेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार उनी पथरीशनिश्चरे– १ मा रहेको पञ्चायत माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत थिइन्। ज्ञानमतिका मामाका छोरा विनोदले आफ्नो घरमा सुम्निमा होटल नामको खाजा नास्ता पसल पनि सञ्चालन गरेका छन्।

२ वर्षअघि पहाडबाट झरेकी ज्ञानमति नास्ता पसलमा दाजुलाई सहयोग गर्दै उनकै घरमा बसेर पढ्ने गरेकी थिइन्। बुबा दानबहादुर राईको भने यसअघि नै निधन भइसकेको पाइएको उनको भनाइ छ।

मोरङ हत्या प्रकरण: पक्राउ परेका चौधरीले मृतक ज्ञानमतिलाई विवाह गरेकाे भन्दै भारत लैजान थालेका थिए

किशोरी ज्ञानुमतीको हत्या आराेपी २४ घण्टा नबित्दै प्रहरीको नियन्त्रणमा, ५ बजे सार्वजनिक गरिँदै

पथरीशनिश्चरे किशाेरी हत्या प्रकरण: एकजना पक्राउ

किशोरीको हत्या प्रकरणमा निष्पक्ष छानबिन गर्न सांसद सुनिल शर्माको माग

पथरीमा धारीलो हतियार प्रहार गरी एक नाबालिकाको हत्या

प्रकाशित मिति: : 2024-03-05 18:10:00

प्रतिकृया दिनुहोस्