मोरङ हत्या प्रकरण: पक्राउ परेका चौधरीले मृतक ज्ञानमतिलाई विवाह गरेकाे भन्दै भारत लैजान थालेका थिए

मोरङको पथरीशनिश्चरे–७  स्थित लामाटोलीमा सोमबार राति १५ वर्षीया बालिका ज्ञानमति थुलुङ राईको हत्या गरेको आरोपमा प्रहरीले मोरङ ग्रामथान–४ का ३८ वर्षीय धिरेन चौधरीलाई पक्राउ गरी सार्वजनिक गरेको छ। 

प्रहरीकाअनुसार गएराति करिब १० बजे चाैधरीले ज्ञानमतिलाई खुकुरी प्रहार गरी हत्या गरेका हुन्। राई शौचालय गएको मौका पारेर खुकुरी प्रहार गरेर उनी फरार भएका थिए। 

किशोरीको विभत्स हत्या भएपछि जिल्ला प्रहरी कार्यालय मोरङ प्रमुख एसपी नवराज कार्कीको टोली राति नै घटनास्थल पुगेर बिहान ३ बजेसम्म अनुसन्धानमा खटिएका थिए। 

ज्ञानमति राई खोटाङ ऐसेलुखर्क–६ सल्लेकी हुन्। बाबुको मृत्युपछि मामा छोरी र पछि छोराको घरमा बसेर कक्षा ७ मा पढ्दै थिइन्। 

मामाको छोरा बिनोद राईको घर दोकानमा सघाउँदै पथरीको पञ्चायत माविमा अध्ययन गर्दै आएकी थिइन्।

प्रहरी नियन्त्रणमा रहेका चौधरी भूपू प्रहरीसमेत रहेको बुझिएको छ। चौधरीले गत असारमा ज्ञानमतिलाई बिहे गरेको भन्दै भारत छिराउने क्रममा जोगवनी नाकाबाट माइती नेपालले समातेकाे थियाे।

गत असार १३ गते चौधरी र राईलाई नाकामा पक्रेर आफन्तलाई जिम्मा लगाइएको थियो।

ज्ञानमतिसँग मोबाइल फोन नभएपनि आफन्तहरुको नम्बर पत्ता लगाएर फोन गर्दै कुरा गर्न खोज्ने, बोलाइ माग्ने गर्दै आएका थिए। 

ज्ञानमतिको फोटोहरु राखेर फेसबुक आइडी पनि चौधरीले खोलेर चलाउने गरेको पीडित परिवारले जनाएको छ। 

ज्ञानमति जोगवनीबाट फर्काएपछि धिरेन्द्र चौधरीले आफूलाई मगर र विवाह नभएको भनेर ढाँटेका थिए। यद्यपि चौधरी श्रीमती छोराछोरीका पिता हुन्। 

ज्ञानमतिको शव पोष्टमार्टमको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ। खोटाङबाट परिवार आएपछि पोष्टमार्टम गरिने बताइएको छ। दाजु सोमकुमार राई भने आइसकेका छन्।


पथरीशनिश्चरे किशाेरी हत्या प्रकरण: एकजना पक्राउ

किशोरी ज्ञानुमतीको हत्या आराेपी २४ घण्टा नबित्दै प्रहरीको नियन्त्रणमा, ५ बजे सार्वजनिक गरिदैं

प्रकाशित मिति: : 2024-03-05 17:56:00

प्रतिकृया दिनुहोस्