‘एक्लिएका माधव नेपाल’लाई भेट्न कोटेश्वरै पुगे प्रचण्ड–नारायणकाजी

कांग्रेससहितकाे गठबन्धन टुटेपछि एक्लिएका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोटेश्वर गएका छन्।

मा‌ओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजीलाई साथमा लिएर प्रधानमन्त्री कोटेश्वरस्थित नेता नेपालकाे निवासमा गएकाे मा‌ओवादीका उपमहासचिव वर्षमान पुनले जनाएका छन्।

स्राेतकाअनुसार पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालको स्वास्थ्यलाभको कामना गर्नका लागि दाहाल कोटेश्वर पुगेका हुन्। प्रचण्ड काेटेश्वर पुग्दा नेता नेपालले नवगठबन्धनकाे विषयलाई लिएर मा‌ओवादीसित गुनासाेकाे पाेकाे खाेलेका छन्।

प्रकाशित मिति: : 2024-03-04 20:22:00

प्रतिकृया दिनुहोस्