नयाँ गठबन्धनमा एकीकृत समाजवादीलाई समेट्ने माओवादीको निर्णय

File Photo
File Photo

नेकपा माओवादी केन्द्रले नयाँ गठबन्धनमा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई पनि राख्ने निर्णय गरेको छ।

एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीलाई एमालेसमेत रहको नयाँ गठबन्धनमा राख्ने माओवादीले निर्णय गरेको हो।

वाम एकताका लागि एकीकृत समाजवादीलाई पनि नयाँ गठबन्धनमा समेट्नुपर्ने माओवादीको निष्कर्ष छ।

पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे माधवकुमार नेपाललाई कन्भिस गराएर नयाँ गठबन्धनमा एकीकृत समाजवादीलाई सहभागी गराउने तयारी माओवादीको छ। 

प्रकाशित मिति: : 2024-03-04 11:42:00

प्रतिकृया दिनुहोस्