२५ दिनकाे पैदल यात्रापछि काठमाडाैँ छिरे मिटरब्याज पीडितहरु (तस्बिरहरु)

रविन भण्डारी

काठमाडाैं

२५ दिनकाे पैदल यात्रापछि मिटरब्याज (अनुचित लेनदेन)पीडितहरु काठमाडाैँ छिरेका छन्।

न्यायकाे मागसहित देशका विभिन्न जिल्लाबाट हिँडेर २४औँ दिनमा बिहीबार थानकाेट आएर बसेका उनीहरु शुक्रबार बिहानै काठमाडाैँ प्रवेश गरेका हुन्।

सयाैँकाे संख्यामा रहेका उनीहरु नाराबाजीसहित राजधानी प्रवेश गरिरहेका छन्। उनीहरुले मिटरब्याज साहुलाई कारबाही गर, मेची-महाकाली अभियान सफल पाराैँ, तमसुक खारेज गर, किसान मजदुर एक हाैँलगायतका नाराहरु लगाएका छन्।

समूहमा स-साना आमाहरुदेखि कपाल फुलेका बा-आमाहरु पनि सहभागी छन्। उनीहरुमध्ये कतिपय त खाली खुट्टै छन्।

उनीहरुले काठमाडाैँ आएर सरकारविरुद्ध आन्दाेलनका कार्यक्रमहरु गर्ने बताएका छन्।

तस्बिरहरु:

प्रकाशित मिति: : 2024-02-23 10:21:00

प्रतिकृया दिनुहोस्