बिएल संवाददाता
सायम ब्लास्टर्सले चौथो संस्करणको सायम प्रिमियर लिग (एसपीएल) टी-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
सायम कलेजको वार्षिक कार्यक्रमअन्तर्गत बुधबार कीर्तिपुरस्थित ल्याबोरेटोरी माध्यामिक विद्यालयको खेल मैदानमा भएको फाइनल खेलमा सायम ब्लास्टर्सले सायम सिक्सर्सलाई ८ विकेटले पराजित गरेर उपाधि हात पारेकाे हाे।
प्रतियोगितामा विजेता सायम ब्लास्टर्स, उपविजेता सायम सिक्सर्ससहित सायम सुपर किङ्स र सायम च्यालेन्जर्स गरी चार टोलीले सहभागlता जनाएको थियो।
वसन्त पञ्चमीको अवसरमा आयोजना गरिएको खेलकुद सप्ताहमा क्रिकेटसँगै फुट्सल, बास्केटबल, ५ किमी म्याराथन, टेबल टेनिस, ब्याडमिन्टनजस्ता इन्डोर तथा विविध खेलहरू समावेश गरिएको थियो।
कलेजका प्राचार्य अशोकराज पाण्डे तथा उपप्राचार्य विशाल श्रेष्ठले प्रथम, द्वतीय र तृतीय स्थान हासिल गर्ने खेलाडीहरूलाई उपहार तथा सम्मान गरेका थिए।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया