अघिल्लो संसद् अधिवेशनले कानुन निर्माणका लागि प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भनी आलोचना भइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद् अधिवेशन सुरु हुनु छ दिनअघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका अधिकारीसँग संसद्लाई ‘बिजनेस’ दिने र अधिवेशन प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो।