कानुनको हुर्मत लिँदै क्रान्तिकारी कम्युनिष्ट पार्टीले स्वास्थ्यकर्मीमाथि कालोमोसो दलेको छ। बागलुङको बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विरेन्द्र केसीमाथि उक्त पार्टीले कालोमोसो दलेको हो।
कार्यालयतर्फ आइरहेका केसीमाथि बडिगाड गाउँपालिका–६ को ठुलबेसी भन्ने ठाउँमा आइतबार बिहान पौन १० बजे क्रान्तिकारी कम्युनिष्ट पार्टीका कार्यक्रताले कालोमोसो दलेको प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले बताए।
पार्टीले जारी गरेको विज्ञप्तिमा म्याद गुज्रिएको औषधि खरिद गरी बिक्रिविरण गरेकाले कार्वाहीस्वरुप केसीमाथि कालोमोसो दलेको बताएको छ।