नेपाल सरकारद्वारा रुकुम पूर्वका मारिङ बहुउद्देश्यीय सहकारी संस्था पुरस्कृत

नेपाल कृषि तथा पशुपन्छी विकास मन्त्रालय कृषि विभाग अन्तर्गत बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रद्वारा रुकुम पृर्वको भूमे गाउँपालिका-२ का श्री मारिङ वहुउद्देश्यीय सहकारी संस्थालाई पुरस्कृत गरेको छ । 

विहिबार ललितपुरको हरिहर भवनस्थित कृषि विभागमा भएको एक कार्यक्रममा ७ वटै प्रदेशबाट कषिमा उल्लेखनिय योगदान पुर्‍याएवापत ७ वटा संस्था, समूह र व्यक्तिलाई सरकारले पुरिस्कृत गरिएको हो।

'दोस्रो राष्ट्रिय कृषि जैविक विविधता २०८०' का अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मन्त्री डा. बेदुराम भुसालले नगद तथा प्रमाण पत्र हस्तातरण गरेका थिए। कार्यक्रममा बोल्दै मन्त्री भुसालले देशैभरीबाट उपस्थित सम्पुर्ण कृषक तथा समूहलाई प्रसंसा गरेका थिए।

जैविक बाली संरक्षण र प्रवर्दधन गर्न सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्दता गरेका थिए। त्यस्तै विभिन्न कृषि विभागका विज्ञहूले नेपालको जैविक बालीको महत्व, र नेपालको चुनौतिवारे चर्चा गरेका थिए। 

मारिङ बहुउद्देश्यीय संस्था सहकारी संस्था रुकुम पूर्वको भूमे गाउँपालिका-२ खाबाङ बगरमा २०७५ सालमा स्थापना गरिएको हो।

गाउँघरका रैथाने (अर्गानिक)बालीको उत्पादन, संरक्षण र वजारीकरण गर्ने उद्देश्यले २०७५ सालमा भूमे गाउँपालिकाको तत्कालिन अध्यक्ष रामसुर बुढा मगरको कार्यकालमा स्थापना गरिएको हो। स्थापनाकाल देखि सहकारीले स्थानियहरुको वचत तथा ऋण प्रवाह गर्ने, वस्तु विनिमय गर्ने, किसानहरुको कृषि उत्पादित वस्तुलाई वजारिकरण, विद्दयालयमा दिवा खाजा आपुर्ति, वालवालिकाको लागि ९ वटा खाद्य वस्तु मिस्रण गरि आहर निर्माण, कृषि तथा पशु पन्छी फार्मबाट दुध र ताजा तरकारी उत्पादन गरि बिक्रि वितरण गर्दै आएको सहकारी संस्थाका अध्यक्ष रामसुरवुढा मगरले जानकारी गराए। पुरस्कार प्राप्तपछि उत्साहित बनाएको र थप जिम्मेवारी थपिएको उनले महसुस गरेका छन ।

'आगामी दिनमा यस क्षेत्रमा थप हौसलाका साथ किसानहरुको हितको लागि व्यवासयिक ढंगले अगाडी बढ्ने छौ,' अध्यक्ष बुढामगरले बताए।

पुरस्कृत हुनेमा लुम्बिनी प्रदेशबाट मारिङ बहुउद्देश्यीय संस्था सहकारी संस्था लि. भूमे गा.पा.- २, खाबाङ बगर कोशी प्रदेशबाट कन्च जैविक विवधता संरक्षण तथा विकास समिति, शिवसताक्षी न.पा. -७, मधेश प्रदेशबाट कृषि विकास तथा संरक्षण समाज, सिम्रौनगढ न.पा.-८, बारा, बागमाति प्रदेशबाट पिङडाँडा साना किसान सहकारी संस्था, सुनकोशी गा.पा.-२, सिन्धुपाल्चोक  गण्डकी प्रदेशबाट घनपोखरा कृषि सहकारी संस्था तथा बीउ बैंक लि. मर्स्याङ्गदी गा.पा.-२ घनपखरा, कर्णाली प्रदेशबाट अमरबहादुर खत्री, छेडागाड न.पा.-१३ जाजरकोट र सुदूरपश्चिम प्रदेशबाट जैविक विविधता संरक्षण कृषि सहकारी संस्था, जोरायल गा.पा.-१ गैरा रहेका छन।

प्रकाशित मिति: : 2024-01-19 09:01:00

प्रतिकृया दिनुहोस्