बिएल संवाददाता
अमेरिकाको पेन्सेल्भेनिया राज्यको योर्कमा एक नेपाली भाषी भुटानीको सवारी दुर्घटनामा निधन भएको छ। भारी हिमपात भएको योर्कमा खराब मौसमका कारण गाडी दुर्घटना हुँदा उनको मृत्यु भएको हो। उनी जोसेफ विश्व भएको स्थानीय प्रहरी अधिकारीले बताएका छन्।
स्थानीय सञ्चारमाध्यम फक्स ४३ का अनुसार मंगलबार मध्यराती हाइवे आई ८३ मा उनको गाडी हिउँमा फस्यो । फसेको गाडीबाट बाहिर निस्केको बेला हाइवेमा गुडिरहेको अर्को गाडीले उनलाई ठक्कर दियो । त्यसपछि गाडीमुनि उछिट्टिएका उनको अचेत अवस्थामा प्रहरीले उद्धार गरेको थियो । उपचारका लागि स्थानीय पेनसिटी होली स्प्रिरिट मेडिकल सेन्टरमा पुर्याइएका उनको त्यही निधन भएको हो।
४१ वर्षीय जोसेफ नेपाली भाषी भुटानी भएको स्थानीय नेपाली भाषी भुटानी समुदायका अगुवाले पुष्टि गरेका छन्। उनको शनिबार अन्तेष्टि गरिने बताइएको छ।
जनवरी १२ यता हिउँको कहर भोगिरहेको अमेरिकामा हिमपातका कारण चलेको चिसो आँधी र सवारी दुर्घटना परी मर्ने जोसेफ एक्लो व्यक्ति हैनन्, अहिलेसम्म विभिन्न नौ राज्यमा गरी ४० जनाको मृत्यु भैसकेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।
धेरैजसो मृत्यु हुनेहरू टेनेसी, इलिनोय, कान्सास, मिसिसिपी, न्युयोर्क, ओरेगन, पेन्सिल्भेनिय र विस्कन्सिन राज्यका रहेका छन्। टेनेसी राज्यमा मात्र १४ जनाको मृत्यु भएको हो ।
अझै पनि अमेरिकाको मौसम प्रतिकुल नै छ। कयौ राज्यमा परेको हिृउँ अझै बिलाउने कुनै छाँट देखिएको छ । हिउँ परेपछि निरन्तर तापक्रम माइनस रहेकाले पनि हिउँको कहर अरू बढेको हो । केही राज्यमा थप हिमपात भैरहेको छ ।
हिमपातका कारण अमेरिकी जनजीवन नराम्ररी प्रभावित भएको छ। कतिपय हवाइ उडान रद्द गरिएका छन्, शैक्षिक संस्थाहरू पनि बन्द छन्।
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया