इन्डोनेसिया कराओकेमा आगलागी हुँदा ६ जनाको मृत्यु, ९ जना घाइते

इन्डोनेसियाको मध्य जाभा प्रान्तको तेगल शहरमा रहेको तीन तले कराओके लाउन्जमा सोमबार बिहान भएको आगलागीमा  ६ जनाको मृत्यु हुनुका साथै ९ जना घाइते भएका छन्।

शहर प्रहरीले जनाए अनुसार स्थानीय समय बिहान ८ बजे आगलागी भएको र दुईवटा दमकल र एउटा क्रेन ट्रकसहितको दमकल तत्काल घटनास्थलमा पठाइएको  छ।

यसैबीच, शहरको स्वास्थ्य एजेन्सीका प्रमुख जेनल अबिदिनले १५ जनालाई बाहिर निकालेर नजिकैको अस्पतालमा ल्याइएको  बताएका छन्।

विषाक्त ग्यासको धुवाँबाट ६ जनाको मृत्यु भएको र घाइते ९ जनाको अस्पतालमा सघन उपचार भइरहेको उनले बताए।

आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: : 2024-01-19 06:58:00

प्रतिकृया दिनुहोस्