इजराइल–हमास युद्ध एक सय दिन पुग्दा आँकडामा घटनाक्रम

एक सय दिन पुरानो पछिल्लो इजराइल–हमास युद्ध कट्टर दुश्मनबीचको अहिलेसम्मको सबैभन्दा लामो, सबैभन्दा रक्तपातपूर्ण र सबैभन्दा विनाशकारी युद्ध हो।

हमासले दक्षिणी इजराइलमा अक्टोबर ७ मा घातक आक्रमण गरेपछि युद्ध सुरु भएको हो। त्यसबेलादेखि इजराइलले लगातार गाजापट्टीमा हवाई र स्थल आक्रमण गरेको छ। युद्धले अभूतपूर्व विनाश भएको छ र सम्पूर्ण छिमेकी समतल बनाएको छ।

संयुक्त राष्ट्रसङ्घका अनुगमनकर्ताहरूका अनुसार इजराइली आक्रमणले गाजामा अधिकांश प्यालेस्टिनीहरूलाई विस्थापित गरेको छ भने गाजाका आधाभन्दा धेरै अस्पताल सञ्चालन बन्द भएको छ र ठूलो मात्रामा भोकमरी उत्पन्न गरेको छ।

इजराइली सेनाले भीषण हिंसाबाट प्रभावित उत्तरमा कारबाहीलाई घटाएको बताएको छ तर दक्षिणमा उसले आफ्नो सम्पूर्ण शक्ति लगाएको छ। दक्षिण गाजामा हमासको नेता लुकेर बसेको इजराइली सेनाको भनाइ छ। यसैबीच युद्ध सुरु भएपछि लेबनानका हिजबुल्लाह मिलिसिया र इजराइल करिब प्रत्येक दिन सीमा पार झडपहरूमा संलग्न भएका छन्।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालय र इजराइली अधिकारीहरूका साथै अन्तर्राष्ट्रिय पर्यवेक्षक र सहायता समूहहरूबाट प्राप्त इजराइल–हमास युद्धमा मारिनेहरूको सङ्ख्या प्रस्तुत गरिएको छ।

कूल मृत्यु

गाजामा मारिएका प्यालेस्टिनीको सङ्ख्या : २३ हजार आठ सय ४३

इजराइलमा मारिएका मानिसको सङ्ख्या : एक हजारभन्दा धेरै

पश्चिम किनारमा मारिएका प्यालेस्टिनीको सङ्ख्या : तीन सय ४७ 

गैरसैनिक

गाजामा मारिएका सर्वसाधारण : युद्धमा मारिएका सर्वसाधारणको सङ्ख्या अज्ञात छ। मारिएका मानिसमा महिला तथा बालबालिकाकाको सङ्ख्या अनुमानित दुई तिहाइ छ।

अक्टोबर ७ मा इजराइलमा मारिएका सर्वसाधारणको सङ्ख्या : सात सय ९०

गाजामा संयुक्त राष्ट्रसङ्घका कर्मचारी मारिएको सङ्ख्या : एक सय ४८

गाजामा स्वास्थ्यकर्मी मारिएको सङ्ख्या : कम्तीमा तीन सय ३७

गाजामा मारिएका पत्रकारको सङ्ख्या : ८२

सैनिक/लडाकू

अक्टोबर ७ मा मारिएका इजराइली सैनिकको सङ्ख्या : तीन सय १४

इजराइलद्वारा मारिएका लडाकूको सङ्ख्या : आठ हजारभन्दा बढी

गाजामा स्थल कारबाहीमा मारिएका इजराइली सैनिकको सङ्ख्या : एक सय ८८

उत्तरी मोर्चामा मारिएका इजराइली सैनिकको सङ्ख्या : नौ

गाजा र उत्तरमा मैत्रीपूर्ण गोलाबारी वा ‘दुर्घटनाहरू’ मा मारिएका इजराइली सैनिकको सङ्ख्या : २९

गाजामा विनाश/मानवीय स्थिति

गाजाको सम्भावित क्षतिग्रस्त/नष्ट भवनहरूको प्रतिशत : ४५ देखि ५६ प्रतिशत

गाजामा आंशिकरूपमा काम गरिरहेका अस्पताल : १५/३६

‘विपत्तिजनक भोक र भोकमरी’ को सामना गरिरहेका प्यालेस्टिनी नागरिकको सङ्ख्या : पाँच लाख ७६ हजार छ सय (जनसङ्ख्याको २६ प्रतिशत) 

गाजामा क्षतिग्रस्त स्कुल भवनहरूको प्रतिशत : ६९ प्रतिशतभन्दा बढी 

क्षतिग्रस्त मस्जिद : एक सय ४२

क्षतिग्रस्त चर्च : तीन 

क्षतिग्रस्त एम्बुलेन्स : एक सय २१

विद्यालयबाहिर विद्यार्थी : छ लाख २५ हजार (शत प्रतिशत) 

घाइतेहरू

गाजामा घाइते प्यालेस्टिनीको सङ्ख्या : ६० हजार पाँच

पश्चिम किनारमा घाइते प्यालेस्टिनीको सङ्ख्या : चार हजारभन्दा धेरै 

घाइते कूल इजराइलीको सङ्ख्या : १२ हजार चार सय १५

स्थल आक्रमणमा घाइते हुने इजराइली सैनिकको सङ्ख्या : एक हजार ८५

अक्टोबर ७ देखि अहिलेसम्म घाइते हुने इजराइली सैनिकको सङ्ख्या : दुई हजार चार सय ९६

विस्थापन

गाजामा विस्थापित प्यालेस्टिनीको सङ्ख्या : १९ लाख (गाजाको जनसङ्ख्याको ८५ प्रतिशत)

उत्तरी र दक्षिणी सीमा समुदायबाट विस्थापित इजराइलीको सङ्ख्या : दुई लाख ४९ हजार दुई सय ६३ (जनसङ्ख्याको दुई दशमलव छ प्रतिशत) 

बन्धक/कैदी

अक्टोबर ७ मा हमासद्वारा बन्धक बनाइएकाको सङ्ख्या : करिब दुई सय ५० 

रिहा गरिएका बन्धकको सङ्ख्या : एक सय २१ 

अक्टोबर ७ मा बन्धक बनाइएका पट्टीमा रहेकाको सङ्ख्या : एक सय ३२ 

(क) एक सय ११ पुरुष, १९ महिला र दुई बालबालिका

(ख) एक सय २१ इजराइली र ११ विदेशी

मारिएका वा हमासको कैदमा मारिएका बन्धकको सङ्ख्या : ३३

युद्धमा एक साताको विरामका क्रममा रिहा गरिएका प्यालेस्टिनी कैदीको सङ्ख्या : दुई सय ४० 

हतियार

इजराइलका तर्फबाट प्रक्षेपित रकेटको सङ्ख्या : १४ हजार 

प्रकाशित मिति: : 2024-01-14 19:38:00

प्रतिकृया दिनुहोस्