नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी निर्विरोध चयन

नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा रेशमलाल चौधरी निर्विरोध चयन भएका छन्।

पार्टीको पहिलो महाधिवेशनको बन्दसत्रमा चौधरीकाे मात्र उम्मेदवारी परेपछि उनी निर्विराेध चयन भएका हुन्।

यसअघि पार्टीको संरक्षक रहेका चौधरीको प्रस्तावक रोशन थापा र समर्थक सानु शाक्य थिए।

पार्टी अध्यक्षमा यसअघि उनकी धर्मपत्नी तथा भूमि व्यवस्था तथा सहकारीमन्त्री रञ्जिता श्रेष्ठ रहेकी थिइन्।

महाधिवेशनले पार्टीको वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डितलाई चयन गरेको छ। 

प्रकाशित मिति: : 2024-01-12 14:58:00

प्रतिकृया दिनुहोस्