एमाले सचिवालय बैठक जारी, राष्ट्रियसभा उम्मेदवार चयनका विषयमा छलफल

नेकपा एमालेको सचिवालय बैठक बसिरहेकाे छ।

ललितपुरस्थित पार्टी कार्यालय च्यासलमा शुक्रबार दिउँसाे बैठक सुरु भएको हो।

बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार चयन गर्नेलगायतका विषयमा छफफल हुनेछ। 

फागुन २० गते राष्ट्रियसभाका २० जना सांसद बिदा हुँदैछन्। साेमध्ये एमालेबाट ८ सिट रिक्त हुँदैछ।

रिक्त पदका लागि आगामी माघ ११ गते हुने निर्वाचनका लागि दलहरूबीच उम्मेदवारबारे छलफल चलिरहेकाे छ।  

प्रकाशित मिति: : 2024-01-05 15:06:00

प्रतिकृया दिनुहोस्