इतिहासकै ठूलो अनुसन्धान यो सरकारले गर्‍याे : प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भिआइपी (ठुला नेता)हरूमाथि अनुसन्धान गरेपछि जनताको लोकतन्त्रप्रति भरोसा बढेकाे बताएका छन्।

आफ्नो नेतृत्वमा सरकार बनेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार देशवासीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

उच्च तहका व्यक्तिमाथि कानुनले छुँदैन भन्ने आम मनोविज्ञान बनेको भन्दै उनले भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, सुन प्रकरणमाथि सरकारले छानबिन गरेपछि यस्तो मानोविज्ञान चिरिएको बताए। 

उनले भने, ‘सरकारले यी प्रकरणमा इतिहासकै ठूलो अनुसन्धान र कार्वाही गरेपछि नागरिकमा लोकतन्त्रप्रति भरोसा बढेको छ। यसले कानुनको सर्वोच्चता मात्र होइन लोकतन्त्रको सर्वोच्चता बढेको छ।’ 

प्रकाशित मिति: : 2023-12-26 17:34:00

प्रतिकृया दिनुहोस्