यसरी मनाइयो यःमरी पूर्णिमा (तस्बिरहरू)

शनि शाक्य

काठमाडौं
Breaknlinks
Breaknlinks

नेवार समुदायले आज यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हि मनाएका छन्।

‘यः’ को अर्थ नेपाल भाषामा मनपर्ने, ‘मरी’ भनेको रोटी र पुन्हिको अर्थ पूर्णिमा हो। मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज नयाँ धान भित्र्याएको खुसीयालीमा यःमरी पूर्णिमा मनाउने गरिन्छ।

धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाउने प्रचलन युगौँदेखि जारी छ।

नेवार समुदायले ठूलो चाडका रूपमा मनाउने गर्छन्। यस पर्वमा खाद्य पदार्थको रसिलो चाडका साथै नयाँ धानबाट बनेको चामलको पिठोमा चाकु, खुवा र तिल राखेर मिठो यःमरी बनाउने गरिन्छ।

यःमरी बनाउन आज बिहानदेखि घरघरका महिला व्यस्त भएका छन्। बिहान स्नानपछि घरमा लिपपोत गरी यःमरी पकाउने प्रचलन छ।

आजको दिन धान, गणेश, कूलदेवता, गैडुदेवता, गोठदेवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पिठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ।

ललितपुरकाे मंगलबजारमा यसरी मनाइयाे यःमरी पूर्णिमा

प्रकाशित मिति: : 2023-12-26 20:25:00

प्रतिकृया दिनुहोस्