आर्थिक अभावले अलपत्र थारु सांस्कृतिक संग्राहलय

हिमाल खबर

सन्तोष दहित

डेढ दशकअघि स्थापना भएको घोराहीस्थित थारु सांस्कृतिक संग्रहालय आर्थिक अभावका कारण अलपत्र परेको छ भने सांस्कृतिक पहिचान झल्किने सामग्री नष्ट हुँदै गएका छन्।

थारु समुदायको संस्कृति र पहिचान झल्काउने सामग्री संग्रहित गर्न २०६६ सालमा दाङको घोराही उपमहनगरपालिका-१७, स्थित पनौरा गाउँमा थारू सांस्कृतिक संग्रहालय स्थापन गरियो।

संग्रहालय हेर्न छरछिमेकका जिल्लाका बासिन्दा पनि आउन थाले। गाउँमा चलहपहल बढेको थियो। “संग्रहालय अवलोकन गर्न आन्तरिक तथा बाहय पर्यटक आउथे। टिकट काटेरै हेर्थे,” स्थानीय तेजमान चौधरी भन्छन्, “एकदम खुशी भएका थियौं। गाउँघरमा व्यापार व्यवसाय पनि बढ्न थालेको थियो।”
 

प्रकाशित मिति: : 2023-12-23 12:36:00

प्रतिकृया दिनुहोस्