श्रीलङ्काले अपराध विरोधी विशेष अभियान शुरु गर्ने

श्रीलङ्काको प्रहरीले संगठित अपराध र लागुऔषध सम्बन्धी गतिविधिहरूलाई रोक्न आइतबारदेखि विशेष अभियान शुरु गर्ने  भएको छ।

सार्वजनिक सुरक्षा मन्त्री तिरन एलेसले शनिबार सो अभियान बारे जनाकारी दिएका छन्।

प्रहरी वरिष्ठ अधिकारीसँगको बैठकपछि मन्त्रीले लागुऔषध ओसारपसार र संगठित अपराधविरुद्ध कडा कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको जानकारी दिएका छन्। उनले लागु औषधजन्य अपराध र अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीलाई सक्रिय सहयोग गर्न सर्वसाधारणलाई आग्रह समेत गरे। 

नोभेम्बर २६ मा श्रीलङ्काको प्रहरी, विशेष कार्य बल र सेनाले संयुक्त रूपमा कोलम्बोको उपनगरहरूमा छापा मारेर ४० जनाभन्दा बढी व्यक्तिहरूलाई गिरफ्तार गरेको छ।

प्रकाशित मिति: : 2023-12-17 06:18:00

प्रतिकृया दिनुहोस्