कुवेतका राष्ट्रप्रमुख शेख नवाफको ८६ वर्षको उमेरमा निधन

कुवेतका राष्ट्रप्रमुख राजा शेख नवाफ अल–अहमद अल–जाबेर अल–सबाहको ८६ वर्षको उमेरमा मृत्यु छ। 

कुवेती सरकारी टेलिभिजनले विज्ञप्ती जारी गर्दै शेख नवाफ अल–अहमद अल–जाबेर अल–सबाहको मृत्यु भएको घोषणा गरेको हो। 

‘गहिरो दुःर दुःखका साथ, हामी कुवेती जनता, अरब र इस्लामिक राष्ट्रहरू र विश्वका मित्रजनहरू, देशका स्वर्गीय अमिर शेख नवाफ अल–अहमद अल–जाबेर अल–सबाहको निधनमा शोक व्यक्त गर्दछौं। ’ विज्ञप्तिमा उल्लेख गरिएको छ। 

शेख नवाफले सन् २०२० को सेप्टेम्बरमा पुनः सपथ लिएका थिए।

कुवेती समाचार एजेन्सी कुनाको अनुसार शेख नवाफ स्वास्थ्य समस्यापछि नोभेम्बर २७ मा अस्पताल भर्ना भएका थिए। शेख नवाफ बुबा शेख अहमद अल–जाबेरको दसमान दरबारमा हुर्केका थिए। भने मुबारकियाबाट स्कूले शिक्षा लिएका थिए। 

कुवेतको सुरक्षा खतराको महत्वपूर्ण अवधि सन् १९७६ देखि १९८६ सम्म नवाफले गृह मन्त्रालयको प्रमुखको रूपमा कार्यरत थिए। जुन उनकाे सबैभन्दा लामो कार्यकाल थियो।र कुवेत स्वतन्त्र भएपछिको पहिलो सरकारमा उनले नै सामाजिक मामिला तथा श्रम मन्त्रालयको पनि नेतृत्व समेत गरेका थिए। यस्तै उनले तेस्रो आन्तरिक मन्त्री र चौथो रक्षा मन्त्रीको रूपमा समेत काम गरे।

उनले फेब्रुअरी ७, २००६ मा नामित क्राउन प्रिन्स, शेख सबाह अल–अहमदको शासनकालमा फेब्रुअरी २० मा राष्ट्रिय सभाबाट सर्वसम्मतिले शपथ लिएर  कुवेतको इतिहासमा  राष्ट्रिय सभाबाट  संवैधानिक शपथ लिने गर्ने चौथो राष्ट्रप्रमुख बने।

प्रकाशित मिति: : 2023-12-16 17:31:00

प्रतिकृया दिनुहोस्