हिमपातका कारण पूर्वी चीनका विद्यालयमा अनलाइन पढाइ

AP
AP

सोमबार बिहानैदेखि शुरु भएको हिमपातका कारण पूर्वी चीनको शानडोङ प्रान्तको राजधानी जिनानमा प्राथमिक र माध्यमिक विद्यालयका साथै शिशु कक्षाहरू अनलाइन माध्यमबाट सञ्चालन गरिएकाे छ।

सोमबार एक्कासि जिनानमा हिउँपात र हावाहुरी  शुरु भई बिहान ३ बजेदेखि १० बजेसम्म ७ मिलिमिटर हिमपात भएको थियो। हिमपातसँगै नियमित जनजीवन प्रभावित भएको छ।

जिनानको शिक्षा विभागले सोमबार अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन जारी गर्दै विद्यालयको पठनपाठन अवरुद्ध हुन नहुने प्रतिबद्धता जनाएको छ।

मङ्गलबार विद्यार्थीहरूलाई सुरक्षित पठनपाठनका लागि शिक्षकहरूलाई तालिम दिंदै विद्यालयको खेल मैदानमा हिउँ हटाउन समन्वय गरिरहेका छन्।

प्रकाशित मिति: : 2023-12-11 18:32:00

प्रतिकृया दिनुहोस्