पाकिस्तानको कराँचीमा थप एकजनामा कंगो भाइरस

फाइल तस्विर
फाइल तस्विर

पाकिस्तानको कराँचीमा थप एकजनामा क्रिमियन कङ्गो हेमोरेजिक ज्वरो (सीसीएचएफ) पोजिटिभ देखिएको एआरवाई न्युजले स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै उल्लेख गरेको छ।

कराँचीको इत्तेहाद टाउनका निवासी ५२ वर्षीय बिरामीलाई दुई दिनअघि जिन्ना पोस्ट ग्रेजुएट मेडिकल सेन्टर (जेपीएमसी)मा भर्ना गरिएको थियो।

स्वास्थ्य विभागका अनुसार उनलाई शुक्रबार क्रिमियन-कङ्गो हेमोरेजिक फिभर पोजेटिभ देखिएको हो।

बिरामीले एक महिनादेखि बाख्रा पाल्दै आएको एआरवाई न्युजले जनाएको छ। यस महिनाको सुरुमा दुवै संदिग्धसहित कुल १७ बिरामीहरूलाई कराँचीमा ल्याइएको थियो। जसमध्ये २ जनाको मृत्यु भएको छ भने अन्य एकजना निको भएर घर फर्केका छन्।

२०२३ मा कराँचीले टिक भाइरल रोगको कारण एक जनाको मृत्यु भएको थियो। भर्खरै पाकिस्तानको क्वेटामा कंगो भाइरसका कारण एक डाक्टरको मृत्यु भएको एआरवाई न्युजले उल्लेख गरेको छ।

चिकित्सकका प्रवक्ताका अनुसार कराँचीमा उपचारका लागि लैजाँदै गर्दा उनको मृत्यु भएको हो।

बलुचिस्तानमा कंगो भाइरस ज्वरोको महामारी फैलिएको यो पहिलो घटना होइन। ८० को दशकको उत्तरार्ध र ९० को दशकको मध्यमा यस रोगबाट दर्जनौँ मानिसको मृत्यु भएको स्वास्थ्य स्रोतले जनाएको छ।

कङ्गो भाइरस मुख्यतया गाईवस्तु र अन्य जनावरमा टिक्सबाट मानिसमा सर्छ र यस भाइरसको कारण  ज्वरो आउने, मांसपेशी दुख्ने, बान्ता हुने र आन्तरिक रक्तस्राव हुने गर्दछ।

प्रकाशित मिति: : 2023-11-26 08:39:00

प्रतिकृया दिनुहोस्