इजरायल–हमास द्वन्द्व सुरु भएयता गाजामा ९ हजारभन्दा बढीको मृत्यु

Israel Defense Forces/Handout via Xinhua
Israel Defense Forces/Handout via Xinhua

इजरायल र हमासबीच जारी द्वन्द्व सुरु भएयता गाजामा इजरायली आक्रमणमा परी ज्यान गुमाउने प्यालेस्टिनीको सङ्ख्या ९ हजार नाघेको गाजास्थित स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ।

मन्त्रालयका प्रवक्ता अशरफ अल–कद्राले पत्रकार सम्मेलनमा ३ हजार ७६० बालबालिका र दुई हजार ३२६ महिलासहित मृत्यु हुनेको सङ्ख्या ९ हजार ६१ पुगेको र घाइतेको संख्या ३२ हजार नाघेको जानकारी दिए।

इजरायली सेनाले पछिल्लो २४ घण्टामा १५ वटा आक्रमण गर्दा २५६ जनाको मृत्यु हुनुका साथै सयौं घाइते भएको उनले बताए।

गाजाको सरकारी सञ्चार कार्यालयले इजरायलले आफ्नो आक्रमणको सुरुवातदेखि गाजा पट्टीमा १० भन्दा बढी बम खसालेको र इजरायलले प्रयोग गर्ने विस्फोटक पदार्थको मात्रा २ हजार ५०० टनभन्दा बढी वा प्रतिवर्ग किलोमिटर लगभग ७० टन पुगेको अनुमान गरेको छ।

अक्टोबर ७ मा हमासले इजरायलमाथि एक्कासी आक्रमण गरी हजारौं रकेट प्रहार गरेको थियो र इजरायली भूमिमा घुसपैठ गरेको थियो, जसमा इजरायलमा कम्तिमा एक हजार ४०० व्यक्तिको मृत्यु भएको थियो।

यसको जवाफमा इजरायली सेनाले गाजा पट्टीविरुद्ध हवाई आक्रमण र स्थलगत कारबाही सुरु गरेको थियो भने प्यालेस्टिनी इलाकामा नाकाबन्दी लगाएको थियो।

– एजेन्सी

प्रकाशित मिति: : 2023-11-02 18:04:00

प्रतिकृया दिनुहोस्