अमेरिकामा यो वर्षको पहिलो १० महिनामा बन्दुकधारीको सामुहिक आक्रमणका ५६६ घटना भएका छन्। घटनामा ६०२ अमेरिकी मारिएका छन्। यो संख्या बितेको एक दशकमा कुनै पनि वर्षको पहिलो १० महिनामा मारिएका अमेरिकीको संख्याभन्दा बढी संख्या हो। सन् २०१४ यता भ्वाइलेन्स आर्काइभले राखेको अभिलेखअनुसार कुनै पनि वर्षको पहिलो १० महिनामा यति धेरै मानिस मारिएका थिएनन्।
भ्वाइलेन्स आर्काइभका अनुसार, गत वर्षको पहिलो १० महिनामा मास सुटिङबाट ५४५ अमेरिकीको ज्यान गएको थियो। यसैगरी यो संख्या २०२१ मा ५६४, २०२० मा ४१३ रहेको थियो।
अमेरिकामा कुनै एक घटनामा बन्दुकधारीबाट चारभन्दा बढी मानिस मारिए भने त्यस्तो घटनालाई मास सुटिङ भन्ने गरिन्छ। मास सुटिङ अमेरिकी समाजका लागि एक ठूलो चुनौतिका रूपमा विकसित हुँदै आएको छ।
यो वर्षको सबैभन्दा ठूलो मास सुटिङ मेइन राज्यको लुविस्टनमा भयो। गत बुधबार भएको घटनामा १८ जना मारिए भने ठूलो संख्यामा घाइते भए। ३८ हजार मानिस बस्ने लुविस्टन मेइन राज्यको दोस्रो ठूलो सहर हो।
मास सुटिङका कारण अमेरिकी भाषामा ब्राउन वर्गमा पारिएका नेपाली पनि डराउनुपर्ने स्थिति छ। अहिलेसम्मका घटनामा नेपाली नपरे पनि त्यस्तो सम्भावना रहन सक्छ। त्यो सम्भावनालाई ध्यानमा राखेर नेपाली समुदाय सचेत र चनाखो पनि रहदैआएको छ।
लुविस्टन मास सुटिङमा मेइन राज्यकै साको सहरस्थित एक केन्द्रमा अमेरिकी सेनाबाट तालिम पाएका प्रशिक्षक रोबर्ट कार्ड रहेका छन्। ४० वर्षे यी अश्वेतमा यसअघि जस्तै मानसिक समस्या रहेको बताइएको छ। घटनापछि ठूलो अपरेसन चलाएको सुरक्षा संयन्त्रले अन्तत: उनको पनि मृत शरीर मात्र भेट्टाएको थियो।
अमेरिकामा हुने मास सुटिङका घटनामा धेरैजसो अश्वेत बन्दुकधारी नै संलग्न रहदै आएको पाइएको छ। अमेरिकामा बन्दुक राख्ने संवैधानिक प्रावधान रहेको छ। त्यसैको उपयोग गर्दै धेरैजसोले आफूसँग बन्दुक राख्ने र केही तनाव हुने बित्तिकै सामुहिक नरसंहारका घटना घटाउने गरेका छन्।
बन्दुक अमेरिकाको ठूलो ब्यापार त हो नै, अमेरिकी राजनीतिको सबैभन्दा ठूलो चुनावी मुद्दा पनि हो। गरमपन्थी रिपब्लिकन पार्टी सधैंभरि बन्दुक सहजै किन्न पाउँने र राख्न पाउँनुपर्ने पक्षमा उभिन्छ भने नरमपन्थी डेमोक्रेट्स बन्दुकको सहजतालाई नियन्त्रित गर्नुपर्ने आवाज उठाउँछ। यद्यपि, दुबै पक्षको राजनीति बन्दुकसँग जोडिने भएकाले उनीहरूको यो मुद्दा ज्यूँकात्यूँ राखेर राजनीति गर्न चाहिरकेकै हुन्छन्।
मास सुटिङको एक पाटोको रूपमा वर्ण घृणा रहेको तथ्यलाई पनि पूर्णत: नकार्न सकिन्न। अधिकांश घटनामा श्वेत बन्दुकधारीहरू आफूभन्दा भिन्न वर्णका मानिसमाथि जाई लागेका घटनाले पनि यस तथ्यलाई स्थापित गर्छन्।
मास सुटिङका कारण अमेरिकी भाषामा ब्राउन वर्गमा पारिएका नेपाली पनि डराउनुपर्ने स्थिति छ। अहिलेसम्मका घटनामा नेपाली नपरे पनि त्यस्तो सम्भावना रहन सक्छ। त्यो सम्भावनालाई ध्यानमा राखेर नेपाली समुदाय सचेत र चनाखो पनि रहदैआएको छ।