एकै परिवारका ७ जनाले गरे सामूहिक आत्महत्या

बिएल संवाददाता

नयाँदिल्ली 

भारतको सुरत शहरमा सामूहिक आत्महत्याको एउटा डरलाग्दाे खबर सार्वजनिक भएको छ।

सुरतको हृदयविदारक घटनामा परिवारका पूरै सदस्यले विष पिएर सामूहिक आत्महत्या गरेका छन्। प्रहरीका अनुसार घरमुली शान्तिलाल सोलंकीका श्रीमान–श्रीमती, उनका बाबुआमा, एक छोरा र दुई छोरीसहित सामूहिक आत्महत्या गरेको अधिकारीहरूले जनाएका छन्।

शान्तिलालले झुण्डिएर आत्महत्या गरेका छन् भने परिवारका अन्य सदस्यले पनि विष खाएर आत्महत्या गरेको आशंका गरिएको छ। यो घटना सूरतको पालनपुर क्षेत्रमा भएको हो।

प्रहरीका अनुसार यो दुःखद घटना शनिबार सूरतको अडाजन क्षेत्रमा भएको हो। यस घटनाले सुरतका बासिन्दाहरूलाई स्तब्ध बनाएको छ किनभने चार वयस्क र तीन बालबालिकासहित एकै परिवारका सात सदस्यले सामूहिक आत्महत्या गरेका छन्। घटना अडाजनको पालनपुर पटियास्थित सिद्धेश्वर अपार्टमेन्टमा भएको हो।

शान्तिलालले पहिले आफ्नी श्रीमती, आमा, बुबा र तीन छोराछोरीसहित परिवारका सदस्यलाई विष दिए र पछि आफ्नै अपार्टमेन्टमा झुण्डिएर आत्महत्या गरेकाे बताइएकाे छ। घटना बारे स्थानीयले प्रहरीलाई खबर गरेपछि अडाजन प्रहरी र वरिष्ठ प्रहरी अधिकारी घटनास्थलमा पुगेका थिए। यो घटनाले पालनपुर पटियामा बसोबास गर्ने जनतामा शोकको लहर फैलिएको छ।

प्रकाशित मिति: : 2023-10-28 19:08:00

प्रतिकृया दिनुहोस्