अबुधाबीमा झापालीको दसैँ

युएईको विभिन्न राज्यमा कार्यरत झापालीहरुले अबुधाबीमा धुमधामसँग दसैँ मनाएका छन्।

विजया दशमीका दिन बिदा नपरेकाले झापालीहरुले दुई दिनअघि नै भेला भएर शुभकामना आदानप्रदान गर्दै मान्यजनको हातबाट बडा दसैँको टीका लगाएर दसैँ मनाएका हुन्।

झापाली समाज युएईको आयोजना तथा अबुधाबी क्षेत्रीय समितिको संयोजनमा हिजो (आइतबार) अबुधाबीको कर्निस पार्कमा आयोजित दसैँको शुभकामना आदानप्रदान कार्यक्रममा अबुधाबीको विभिन्न क्षेत्रमा कार्यरत झापालीहरु भेला भएका थिए।

कार्यक्रममा सारजाह, दुबईसहित अबुधाबीका विभिन्न क्षेत्रबाट आएका झापालीहरुले नाचगान गर्दै एकआपसमा दसैँको शुभकामना आदानप्रदान गरेर ७२ वर्षीय आमा सुशीला काेइरालाको हातबाट बडा दसैँको टीका ग्रहण गरेका थिए।

उक्त कार्यक्रममा झापाली चेलिहरुबीच ‘बेलुन फुटाइ’ र ‘हण्डी फुटाइ’ प्रतियोगितासमेत आयोजना गरिएको थियो। प्रतियोगिताका विजेताहरु रेजिना राई र सीता उप्रेतीलाई प्रमुख अतिथि नेपाल एसोसिएसन (एनआरएनए) युएईका कोषाध्यक्ष सुमन पराजुलीले पुरस्कार प्रदान गरेका थिए।

सोही कार्यक्रममा झापाको शिवगंजमा स्पाईनल ईन्जुरीबाट पीडित सन्तोष भट्टराईको उपचारार्थ मिना शर्मा र बिना शर्माले १ हजार ५० दिराम (नेपाली करिब ३८००० रुपैयाँ) सहयोग प्रदान गरेका थिए। यसैगरी झापाली समाज युएईका परिकल्पनाकार एवम् संस्थापक रामप्रसाद ढुँगेलले भट्टराईको उपचारार्थ नेपाली १० हजार रुपैयाँ सहयोग प्रदान गरेका थिए।

अबुधाबीमा भर्खरै सञ्चालनमा आएको बिबिटी (बेष्ट बर्गर टाउन) रेष्टुरेन्ट, लोकेस कोइराला, हेमराज शिवाकोटीलगायतको प्रायोजनमा सम्पन्न भएको कार्यक्रमलाई सुमन पराजुलीले मुख्य प्रायोजन गरेका थिए। कार्यक्रममा झापाली समाज युएईका अध्यक्ष अमरराज राई, अबुधाबी क्षेत्रका कार्यवाहक अध्यक्ष हेमराज शिवाकोटी, लिला बिमलीलगायतले बोलेका थिए।

प्रकाशित मिति: : 2023-10-23 09:25:00

प्रतिकृया दिनुहोस्