पाकिस्तानमा चार आतङ्ककारी मारिए

बिएल संवाददाता

इस्लामाबाद
सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

पाकिस्तानी सेनाले शुक्रबार उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलले चार आतङ्ककारीलाई मारेको र अर्का एक जना घाइते बनाएको बताएको छ।

पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर-सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले विज्ञप्ति जारी गर्दै सुरक्षा बलले प्रान्तको लक्की मारवत जिल्लामा सो कारबाही गरेको थियो।

अपरेशनका क्रममा सेना र आतङ्ककारीहरूबीच गोली हानाहान भएको र ती आतङ्ककारी मारिएको बताइएको छ।

मारिएका आतङ्ककारीहरू सुरक्षा बल विरुद्ध  विभिन्न किसिमका आतङ्ककारी गतिविधिका साथै निर्दोष नागरिकको हत्यामा संलग्न रहेको सेनाको दाबी छ।

कारबाहीका क्रममा आतङ्ककारीहरूबाट ठूलो मात्रामा हातहतियार, उपकरण र विस्फोटक पदार्थ  समेत बरामद भएको छ।
 

प्रकाशित मिति: : 2023-10-21 11:12:00

प्रतिकृया दिनुहोस्